Techie IT
×
गृहपृष्ठराजनीतिएमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा


काठमाडौँ –

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका गौतम पहिलो वरियताका उपाध्यक्ष थिए। उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

गौतम पछिल्लो समय एमाले विभाजन गर्दै माधव नेपालले हालै खालेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा जाने बुझिएको छ । तर, गौतमले जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त बन्नुपर्ने अडान राखेका छन् ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस