गृहपृष्ठ ∕ राजनीति ∕ देउवाको गृहजिल्ला डडेल्धुरामा नगरसभापति बन्ने २८ वर्षिय युवा देउवाको गृहजिल्ला डडेल्धुरामा नगरसभापति बन्ने २८ वर्षिय युवा दीप संञ्चार असोज १०, २०७८ गते २०:४० मा प्रकाशित काठमाडौँ –नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सातवटै पालिकाको अधिवेशनबाट पालिका सभापतिहरुमा युवाहरुको वर्चश्व देखिएको छ ।परशुराम नगरपालिकामा २८ वर्षिय भरत बडायर जोशी नगरसभापतिमा बिजयी भएका छन् । पालिका अधिवेशनमा खसेको कुल दुई सय मतमध्ये उनले १ सय ४८ मत र प्रतिस्पर्र्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत प्राप्त गरेका थिए । ४ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।निर्वाचन अधिकृत बमकाअनुसार भागेश्वर गाउपालिका सभापतिमा डम्बरराज जोशी विजयी भएकाछन् । उनले कुल ८४ मत मध्ये ५६ र प्रतिपस्पर्धी लालबहादुर मडैले २५ मत प्राप्त गरेको र २ मत बदर भएको छ ।अजयमेरु गाउँपालिका सभापतिमा कुल खसेको १०४ मतमध्ये ८४ प्राप्त गरि टेकराज पाण्डेय बिजयी भएकाछन् । उनले प्रतिस्पर्धी निवर्तमान पालिका सभापति कर्णबहादुर मल्लले १९ मत प्राप्त गरेको र १ मत बदर भएको बताइएको छ ।आलिताल गाउँपालिका सभापतिमा चन्द्रदेव बोहरा ६९ प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी धनबहादुर देउवाले ५९ मत प्राप्त गरेका थिए। कुल १ सय ३१ मत खसेको र ३ मत बदर भएको छ । गन्यापधुरा गाउँपालिका सभापतिका लागि खसेको कुल ८५ मतमध्ये ४७ मत प्राप्त गरी ईन्द्रबहादुर कार्की विजयी भएकाछन् । उनका प्रतिस्पर्धी दलबहादुर भाटले ३८ मत प्राप्त गरेका थिए ।अमरगढी नगरपालिकाको सभापतिमा खेमराज भट्ट (मायालु) र नवदुर्गा गाउँपालिकाको सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत बमले बताए । नेपाली काँग्रेस जिल्ला सभापति कर्ण मल्ल पक्षका नेताहरुले भने वडा अधिवेशन बैधानिक नभएको र वडा अधिवेशनसहित क्रियाशील सदस्यता विवाद समाधान गर्नुपर्ने भन्दै रिले अनशन बसिरहेकाछन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा