गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानन्यायाधीशको स्पष्टोक्ती : सरकारसँग कोटा मागेको कुरा झुटो हो, विज्ञप्ति निकालेर खण्डन गर्छु प्रधानन्यायाधीशको स्पष्टोक्ती : सरकारसँग कोटा मागेको कुरा झुटो हो, विज्ञप्ति निकालेर खण्डन गर्छु दीप संञ्चार असोज १८, २०७८ गते १२:३० मा प्रकाशित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशसमेतलाई कोटा छुट्याइएको समाचार सार्वजनिक भएपछि बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरासँग आज साँढे १० बजे भेट गरेका थिए। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा सचिव ऋषिराम घिमिरेसहित बारको कार्यसमितिले प्रधानन्यायाधीशलाई यसबारे गम्भिर ध्यानाकर्षण गराएको थियो।भेटमा सहभागी सर्वोच्च बारका सचिव घिमिरेका अनुसार भेटका क्रममा प्रधानन्यायाधीश जबराले समाचारमा कुनै सत्यता नरहेको बताएका थिए। प्रधानन्यायाधीश जबराले यसबारे छिट्टै विज्ञप्ति निकालेर खण्डन गर्ने बताएका थिए।छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताए।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा