गृहपृष्ठ ∕ राजनीति ∕ आज देशभर एकसाथ एमाले वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने आज देशभर एकसाथ एमाले वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने दीप संञ्चार कात्तिक ६, २०७८ गते ८:०३ मा प्रकाशित काठमाडौँ –नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) देशभर एकसाथ वडा अधिवेशन हुँदैछन्। वडा अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गर्ने तयारी छ।एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढीरपहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक राख्दै छ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेले दसौँ महाधिवेशन चितवनमा गर्दै छ। एमालेले २०७७ चैत मसान्तसम्म पार्टीको सदस्य बनेकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य मानेको छ।महाधिवेशन हुने चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी एमालेले गरेको छ। महाधिवेशनका लागि एमालेले नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।शुक्रबार बसेको स्थायी कमिटी बैठकले गठन गरेको व्यवस्थपन समितिमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई सहसंयोजक बनाइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न