गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै दीप संञ्चार कात्तिक ११, २०७८ गते ७:४५ मा प्रकाशित काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ। उनीहरुबीच अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता हुने भएको हो।जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा देउवाले मोदीसँग भेट गर्न लागेका हुन्।नेपालको तर्फबाट वार्ताका लागि आग्रह गरिएको र भारतले त्यसलाई स्वीकार गरेपछि देउवा मोदीको भेट हुने पक्का भएको बताइएको छ। कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ। प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन्।देउवा र मोदीबीच पछिल्लोपटक २०७४ को भदौमा भेट भएको थियो। चौथो पटक प्रधानमन्त्री भएपछि देउवा भारत भ्रमणमा गएका बेला वार्ता भएयता उनीहरुको भेट भएको छैन। पछिल्लोपटक प्रधानमन्त्री भएर संसदबाट विश्वासको मत पाएपछि मोदीले देउवालाई फोनमार्फत बधाई दिएका थिए।देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ। उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने कार्यक्रम तय भएको छ।मोदीसँगको भेटमा देउवाले दुईबीचको सम्बन्धसँगै भारत र मोदीसँगको आफ्नो सम्बन्ध सुधारकाक लागि प्रयास गर्नेछन्। पछिल्लो समय कांग्रेस र भारतबीत त्यति राम्रो सम्बन्ध नभएको र त्यसलाई सुधार गर्न नेताहरु लागिपरेको बताइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)