गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएले माग गरे जस्तो नेपाली नागरिकता तत्काल सम्भव छैनः प्रधानमन्त्री देउवा एनआरएनएले माग गरे जस्तो नेपाली नागरिकता तत्काल सम्भव छैनः प्रधानमन्त्री देउवा दीप संञ्चार कात्तिक १४, २०७८ गते २:२१ मा प्रकाशित लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली राज दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो आह्वान गरेका हुन् ।‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु ।’एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको र भिसाका लागि झन्झट गर्नु नपर्ने उनले बताए । अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने उनले बताए । त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल-बेलायत हवाई सेवा, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाकार कुल आचार्य, महासचिव डा.हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।क्याटेगोरी : ग्लोबल, राजनीतिट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा