गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानन्यायाधीश वा न्यायाधीशको पद कुन अवस्थामा जान्छ ? प्रधानन्यायाधीश वा न्यायाधीशको पद कुन अवस्थामा जान्छ ? दीप संञ्चार कात्तिक २६, २०७८ गते १६:२९ मा प्रकाशित काठमाडौँ वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनको विरोधका माझ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रवार दैनिक पेसी तोक्ने नियमित काम यथावत् गरेका छन्।तर उनले बाँकी न्यायाधीशका लागि इजलास तोके पनि आफ्ना लागि भने इजलास तोकेनन्।प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै आएको बारले शुक्रवार कार्यालय समय सुरु हुँदा अदालतको प्रवेशद्वारमा प्रधानन्यायाधीशविरुद्ध नारा लगाउँदै विरोध जनाएको छ।प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने बारले जनाइरहँदा सर्वोच्च अदालत प्रवेश गर्ने क्षेत्रहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद यी अवस्थामा रिक्त हुने संवैधानिक व्यवस्था छ--राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा-६५ वर्ष पूरा भएमा-नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा-शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधानन्यायाधीशको हकमा संवैधानिक परिषद् र सर्वोच्च -अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा-नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा-मृत्यु भएमा।बिबिसीक्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न