Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानन्यायाधीश विवाद : आज पनि देशभर विरोध प्रदर्शन गर्दै प्रधानन्यायाधीशलाई छेक्ने नेपाल बारको रणनीति

प्रधानन्यायाधीश विवाद : आज पनि देशभर विरोध प्रदर्शन गर्दै प्रधानन्यायाधीशलाई छेक्ने नेपाल बारको रणनीति


काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ ।

आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।

प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । आज पनि मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम रहेको उनले बताए ।

बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ । प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस