दाङ – जस्को देशभरका नेता कार्यकर्ता संग मजबुत नेवर्टक छ ।जो तुलसीपुर बजार छिरेको खवरले युवाहरु उत्साहित बन्छन् । बिषेश गरि नेपाली काँग्रेस भित्रका युवाहरुको जमघट बाक्लो बन्छ ।
क्याफेहरुमा युवा र नेताहरु उनको वरिपरी झुम्मिएका हुन्छन् । राजनीतिक कल्चरको कुरा हुन्छ । चिया गफहरुमा पनि राजनीति उम्लिरहेको हुन्छ ।
उनको उपस्थितिले एक खालको छुट्टै उत्साहा पैदा हुन्छ । तरुणदेखि अग्रज नेताहरु पनि उनको वरिपरी झुमिन्छन् । को ही आफ्ना गुनासा लिएर उनी कहाँ आउँछन् भने कोही नभएका आफ्ना कामहरुका बारेमा अग्रजलाई भनिदिन आग्रहका साथ ।
उनीहुन नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का । जो नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ बाट यसपटक सबैभन्दा बढी लोकप्रिय मतका साथ वडा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन ।
उनै युवा नेता खड्का यसपटक फेरि दाङको निर्वाचन क्षेत्र नं. ३ बाट खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
खड्का १३औं महाधिवेशनका क्रममा पनि उक्त पदमा भिडेका थिए । जतिखेर उनी साबिक तुलसीपुर १ बाट वडा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका थिए । उतिखेर दाङ जिल्लामा ५ वटा निर्वाचन क्षेत्र थिए । निर्वाचन क्षेत्र नं. ४ बाट जम्मा महाधिबेशन प्रतिनिधिमा खुल्ला तर्फबाट जम्मा ६ जना मात्रै आउँथे । समावेशी समेत गरि १२ जना ।
त्यो अवस्य सजिलो थिएन । खड्का जम्मा ४ मत अन्तरले उतिखेर पछाडि परेका थिए । जबकी कुमार लामिछाने, महादेब शाह जस्ता नेताहरु पनि पराजित भएका थिए ।
तैपनि खड्काले आफुलाई दिग्गज नेताहरु संग भिडेर आफ्नो दम्भ पर्दशन गरेका थिए । अग्रज नेताहरु त्यस्तो हामीले भनेको मानेर भनेर रुष्ट नहुने कुरै थिएन । त्यतिखेर खड्का आफुलाई परिक्षण गर्न चाहान्थे । चुनिन भन्दापनि चिनिन चाहान्थे ।
खड्काकै शब्दमा उनले पराजय बेहोर्नुको कारण ‘छोटो समय’ पनि प्रमुख कारक थियो । जतिखेर वडा क्षेत्रीय प्रतिनिधि चुनिए पछिको तीन दिन भित्रै महाधिबेशन प्रतिनिधिको निर्वाचन थियो ।
त्यो बीचमै उनी तत्कालिन समयमा पार्टी भित्र निकै प्रभावशाली मानिने स्वर्गिय नेता खुमबहादुर खड्काको घरमा आर्शिबाद थाप्न पुगे । ‘तीन दिनको अवधिमा दाङ काठमाडौं दौडिनु पर्दा मैले आफ्नो प्रचार राम्रोसंग गर्न पनि पाइन,’ खड्काले भने ।
स्वर्गिय नेताको घरमा पुगेर युवराजले आफुले महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिन थालेको कुरा स्पष्ट राखे । तर, नेता खड्काले ‘तिमि पढेका छौ, उमेरपनि छ, महाधिबेशनम धेरै अग्रज नेता छन’, भनेर संझाउन खोजे छन् । युवराजले – आँखा जुधाएरै प्रश्न गरेछन् – ‘मेरो जस्तो उमेरमा हजुर मन्त्री भइसक्नु भएको थियो र अबपनि महाधिबेशन नलडे कहिले युवाको पालो आउँछ ?’ त्यसपछि नेता खुमबहादुरले कति मत ल्याउँछौं ? भनेर भोटको डाटा सोधेपछि – युवराजले भनेछन् – ‘ म जितुला वा हारुला त्यो अलग कुरा हो । म हजुर संग आशिष थाप्न मात्रै आएको हुँ ।’ नेता खड्काले ‘जाउ लड’ भनेपछि युवराज महाधिवेशन प्रतिनिधिमा भिडेको बताउँछन् ।
यो बीचमा पार्टी र संगठनमा धेरै उतार चढाव आइ सकेको छ ।१४औं महाधिबेशनबाट थुप्रै युवाहरु नेतृत्वमा पुगेका छन् । पहिले भन्दा खड्का उमेरले मात्रै हैन अनुभव र अनुभुतिले पनि परिपक्क बन्दै गएका छन् । खड्काले राजनीति शास्त्रमा एमएको पढाई लगभग पुरा गरि सकेका छन् ।
४४ बर्षीय खड्का फेरि पनि सोही पद्मा भिड्ने घोषणा गरि प्रचार प्रशारमा होमिएका छन् । तर, सजिलो अवस्य छैन । किनकी, खड्काको भन्दा राजनीतिक रुपमा अग्रज थुप्रै नेताहरु मैदानमा छन् । निर्वाचन क्षेत्र नं. ३ बाट खुल्ला तर्फबाट जम्मा १० जना मात्रै निर्वाचित हुने हो । समावेशी समेत गरि कुल २५ जना । युवराज त्यही १० जनाको कसीमा आँफुलाई पुनः परिक्षण गर्दै छन् । नतिजा मंसिर ६ गते मात्रै थाहाँ हुने छ ।
अर्कौ तर्फ अहिले सम्म युवरालाई केन्द्रीय सदस्य दीपक गिरी वा पूर्व माननिय गेहेन्द्र गिरी कस्को ‘लाइन’मा पर्ने हुन ? त्यसको कुनै टुगो छैन । भने -‘पार्टी भित्रको निर्वाचनको दौरानमा मलाई जस्ले सहयोग गर्छ, म उसैको हुनेछु ।’
पार्टी भित्रको आन्तरिक चुनाब भएको हुँदा सबै नेताहरुलाई आफुले उत्तिकै सम्मान गर्ने बताएका उनले अग्रज नेताहरु दीपक गिरी, गेहेन्द्र गिरी, डिल्लीबहादुर चौधरी, घरकै हजुर बुवा तथा जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का लगाएत सबैको साथ सहयोग आँफुलाई रहेको बताए ।
‘उहाँहरु नै आम निर्वाचनमा भिड्ने र त्यतिखेर हामी ले नै हो उहाँहरुलाई सघाउने,’ खड्काले अगाडि भने ‘ हामीहरु उहाँका प्रतिष्पर्धी होइनौं र हामी जस्ता युवाहरु महाधिबेशन प्रतिनिधिमा आइसकेपछि भोलि उहाँकै लागि खटिने हो ।’
आफुहरु जस्ता युवाहरु पार्टीका लागि उर्जा भएको भन्दै उनले युवा विना पार्टी बलियो नबन्ने तर्क गरे । ‘हामी पार्टी बलियो बनाउने अभियानमा लाग्ने हो र त्यसका लागि सबै बर्ग अनि तप्काका मानिसहरु यसमा आउन आवश्यक छ,’ खड्काले भने ।
खड्काले आफुले महाधिबेशन प्रतिनिधिका लागि आफ्नो खाका समेत प्रस्तुत गरे । २० देखि ४० बर्ष उमेर समुहमा ४ जना, ४० देखि ६० उमेर समुहका ४ जना र ६० माथिका ४ जना सर्वसम्मत रुपमा मनोनित गरेर पार्टीलाई समावेशी गराउन सकिने तर्क गरे । उनले पाका र पुराना नेता मात्रै बसेर पार्टी बलियो बन्ने आधार तय नहुने तर्क गरे । ‘अग्रज र पाका नेताहरु मात्रै बसेर पार्टी कसरी चलायमान हुन सक्छ, ंत्यसले कसरी नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुन्छ,’ युवराजले अगाडि भने ‘ त्यस्तै हुन्थ्यो भने पार्टीमा तरुण दल र नेविसंघको किन आवश्यकता पथ्र्यौ होला र ?’
उनले पढे लेखेका र इमान्दार युवाहरु राजनीतिमा आउन जरुरी रहेको बताए ।
पछिल्लो समय क्षेत्र नं. ३ मा प्रतिनिधि छनोटका लागि कार्यदल बनेको चर्चा छ र त्यसले नेताहरुका बीचमा भागबन्डा मिलाउन लागेको पनि हल्ला ब्याप्त छ । यदी त्यसले तपाँई जस्ता युवालाई पाखा लगाए के गर्नु हुन्छ ? भन्ने प्रक्न सोध्दा – युवा नेता युवराजले-युवाको प्रतिनिधित्व विना गरिने भाग बन्डा र सहमति स्वीकार्य नहुने जवाफ दिए ।
किन तपाँई महाधिवेशन प्रतिनिधिमा भिड्न खोजेको हो ? भनेर सोध्दा – युवराजको सजह उत्तर थियो, – ‘पार्टीमा युवाको नेतृत्व स्थापित गर्न मेरो म महाधिवेशन प्रतिनिधिमा भिड्न खोजेको हो । म एउटा लोकतान्त्रिका पार्टीको अनुयायी भएको नाताले प्रतिपर्धाबाट नेतृत्वमा आउनु लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।’
आफुलाई खुल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराएमा त्यसको लाभ समग्र पार्टी पंक्तिलाई हुने उनले दाबी गरे । ‘ मेरो ७७ वटै जिल्लाका साथीहरु संग मजबुत नेटवर्किंङ छ र त्यो नेटवर्किंङलाई बरकरार राख्न मेरो उम्मेदवारी हो,’ खड्काले भने ‘ म निर्वाचित भए भने त्यसको फाइदा ब्यक्तिगत रुपमा मलाई मात्रै हैन पार्टी संगठन र सबैलाई हुने छ ।’
उनले आफुले हालसम्म धेरैलाई राजनीतिक रुपमा धेरै ठाउँमा सघाएको हुँदा अहिले त्यसको सही मुल्याङकन नेताहरुले गर्ने आशा ब्यक्त गरे ।
युवराजको राजनीतिक पृष्ठभुमी
युवराज स्वर्गिय कणर्बहादुर खड्काका छोरा हुन । कणर्बहादुर तुलसीपुर कपडादेबीकै महेन्द्र बाबिमा कक्षा १० मा पढ्दै गर्दा २०२९ सालमा तत्कालिन निर्दलिय पञ्चायती ब्यबस्था बिरुद्ध पर्चा पम्पिलेट छरेपछि १६ बर्षकै उमेरमा जेल परेका थिए ।
उतिबेला स्वर्गिय कणर्बहादुरसंगै हालका जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, गोबिन्द मज्गैंया, कमल शाह र कृष्ण गिरी पक्राउ परेका थिए । उनीहरुलाई दाङबाट पक्राउ गरि सल्यानमा दुई बर्षसम्म हिरासतमा राखिएको थियो । ती सबै २ बर्षपछि २०३१ सालमा मात्रै हिरासतबाट मुक्त भए । जतिखेर उनीहरुले जेल भित्रै पढेर एसएलसी परीक्षा उत्तिणर् गरि सकेका थिए ।
कणर्बहादुर र कीर्तिबहादुर शिक्षण पेशामा लागे । कणर्बहादुर रोल्पामा पढाएर केही बर्षपछि रक्षाचौर स्थित गुरुजजुर माविमा पढाउन आए ।
युवराजले पनि घर नजिकैको विद्यालय सोही गुरुजजुर माविमै पढे । कक्षा ७ मा पढ्दै गर्दा उनले राजनीति बुझ्न थाले । बुवा किन जेल पर्नु भएको रहेछ ? भनेर सोधिखोजी थाले । अहिलेका जिल्ला पार्टी सभापति कीर्तिबहादुरपनि सोही विद्यालयमै शिक्षक थिए ।
बुवा कणर्बहादुरले छोरा युवराजलाई त्यो ब्यबस्थाको लडाई थियो, जनताको लागि म जेल गएको थिए भन्ने जवाफ थिए छन् । त्यसपछि उनले बुवाले राखेका पार्टीका पर्चा, पम्पिलेट वा किताव घरमा जे फेला परेपनि पढ्न सुरु गरे ।
त्यतिबेला बहुदल आइसकेको थियो । राजनीतिमा चासो बढेपछि उनी २०४८ सालमा गुरुजजुर माविमा नेविसंघ इकाई सचिव भए ।
त्यतिबेला स्वर्गिय नेता खुमबहादुर खड्का निर्माण तथा यातायात मन्त्रीको हैसियतमा थिए । एक दिन मन्त्री खड्का युवराजका हजुरबुवा डिल्लीबहादुर खड्कालाई भेटन गाडीको लावालस्करसहित आए । डिल्लीबहादुर १८ बर्षसम्म तुलसीपुरमा प्रधानपञ्च भएका ब्यक्ति जो थिए ।
डिल्लीबहादुरलाई काँग्रेसमा प्रबेश गराउन प्रयासका साथ मन्त्री खड्का उनको घर पुगेका थिए । मन्त्री घरमा आउँदा गाडीको लस्कर देखेर चुलबुले स्वभावका युवराज विद्यालय नै नगई घरमै बसे । त्यही बीचमा मन्त्री खुमबहादुरले कणर् खै ? भनेर खोजे । कणर् बिद्यालयमा पढाई रहेका थिए । उनलाई बोलाउन लगाए । कणर्ले छोरा युवराजलाई डोर्याउँदै मन्त्री खड्कोलाई भेट्न पुेग । खुमबहादुरले शिक्षक कणर्संग छोरा छोरी र घर गृहस्थीका कुरापनि गरे । छोराले एसएलसी उत्तिणर् गरेपछि काठमाडौं पठाउनु भनेर बुवालाई मन्त्री खुमबहादुरले भनेछन । फुच्चे युवराज एसएलसी पछि काठमाडौं जान पाइने भो भनेर खुसी नुहेन कुरै भएन । त्यही आशाले राम्रो संग पढे । राजनीतिमा पनि चासो थिदै थियो । २०५२ सालमा दृतिय श्रेणिमा एसएलसी उत्तिणर् गरे ।
युवराजका दूई अंकलहरु काठमाडौंमै बसेर जागिर गर्थे । युवराज एसएलसी पछि उच्च शिक्षाको लागि काठमाडौं पुगेर पाटन संयुक्त क्याम्पसमा भर्ना भए ।
उतिखेर क्याम्पसहरुमा पनि चर्कौ राजनीति हुन्थ्यो । भर्नादेखि हरेक कुरामा संगठनहरुको भुमिमा हुन्थ्यो । युवराज पहिलो दिन क्याम्पस जाँदा नै बिभिन्न संगठनहरु झण्डा गाडेर डेस्क लगाएर बसेको देखे । उनी स्वभाविक रुपमै नेविसंघको झण्डा गाडेको ठाउँमा पुगे । त्यसपछि त्यहाँ उनको सोधी खोजी भयो । घर ‘दाङ’ र नाम पछाडिको थर सुन्नासाथ त्यहाँका अन्य बिद्यार्थीले उनलाई सहजै अंगालोमा बेरे । खुमबहादुर दाइको ठाउँको र उहाँकै नातागोता होला हैन भनेर भन्न थाले ।
लगतै २०५३ मै स्वभियु निर्वाचन भयो । युवराज क्याम्पसको नेविसंघ इकाई सदस्य भए । युवराजको सक्रियता बढ्दै गयो । २०५८ मा इकाई सचिव । जतिखेर पार्टी बिभाजन भइसकेको थियो । त्यतिखेरै माओबादी द्धन्दपनि उत्कर्षमा थियो । जगजगीको अवस्थामा राजनीति कम्ता चुनौतिपूणर् थिएन । त्यसैमाथि राजा ज्ञानेन्द्र शाहले कू गरे । युवा र बिद्यार्थी बिना आन्दोलनहरु संभव थिएन । त्यसमा पनि दूई चिरा भएकै पार्टी भित्रैकै आन्तरिक संघर्ष झनै जोखिम युक्त समय थियो । तै युवराज हरेक आन्दोलनहरुमा अगाडि सरे ।
त्यही क्रममा २०६१/२०६२ को जनआन्दोलनका क्रममा उनी काठमाडौंमै १९ दिन नजर बन्दमा राखिए । युवराज भोटाहिटीबाट पक्राउ परेका थिए । उनीसंग दाङका नेता जो अहिले काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन – कृष्णकिशोर घिमिरे, काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, अहिलेकी राष्ट्रपति बिद्यादेबी भण्डारीसहित ४० जना एकै साथ पक्राउ परेका थिए । नेताहरु पाण्डे र घिमिरेसंग उनीहरु संगै एउटै कोठामा नजरबन्दमा राखिएका थिए ।
बिए तृतिय बर्षको परीक्षा नजिक आइरहेको हुँदा पार्टीले दबाब दिएपछि युवराजहरु १९ दिनपछि छुटे । यद्यपी तत्कालिन प्रहरी प्रमुख रमेश खरेलले ९० दिने पक्राउ पुर्जी जारी गरेका थिए । उनीहरु छुटेको केही दिन भित्रै २०६२ बैशाख ११ गते राजाले मुलुकमा ‘लोकतन्त्र’ घोषणा गरे ।
२०६५ सालको स्ववियु निर्वाचनमा युवराज स्ववियु उपसभापति पदमा भिडे । नेविसंघको पुरै प्यानल नै पराजित भयो । अखिलका झबिन्द्र खत्री नेतृत्वको टिमले स्ववियु जिते । त्यसपछि २०६८ मा पाटन क्याम्पस छोडेर त्रिभुव विश्व विद्यालयमा एमएमा भर्ना भए । त्यतिखेरै उनी नेविसंघको केन्द्रीय सदस्य बने । जतिखेर राप्ती अञ्चलबाट जम्मा ३ जना मात्रै केन्द्रीय सदस्य बन्ने सौभाग्य पाएका थिए । जसमा दाङ जिल्लाबाट खड्का एक्ला केन्द्रीय सदस्य थिए भने सल्यानबाट ऋषिकेश शाह र बिरेन्द्र सल्यानी केन्द्रीय सदस्य बनाइएका थिए ।
युवराजलाई संगठनले २०७० सालमा संगठनको तर्फबाट बैतडी जिल्लामा महाधिबेशन गराउन केन्द्रीय प्रतिनिधिको रुपमा जिम्मेवारी दिएर खटायो । त्यतिखेर युवराजको साथमा दाङ निर्वाचन क्षेत्र नं. ४ का तरुण दलका सभापति रमेश मल्लपनि बैतडी खड्का संगै गएका थिए ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य खड्कालाई राजधानीका तीन वटा क्याम्पसहरु पाटन संयुक्त क्याम्पस, इञ्जिनेरिङ क्याम्पस, एडभान्स इञ्जिनेरिङ क्याम्पस कुपन्डोलमा समेत संगठनले अधिबेशन गर्नको लागि केन्द्रीय प्रतिनिधिको रुपमा जिम्मेवारी दिएर पठाएको थियो । ती कामहरु सफलता पूर्वक सम्पन्न गरेपछि खड्काको लोकप्रियता संगठनमा थप चुलिदै गएको हो ।
निडर र निर्भिक स्वभावका युवराज स्पष्ट कुरा राख्ने स्वावका छन् । पार्टी भित्र चाप्लुसी र चाकड गर्नु भन्दा पनि क्षमता पर्दशन गरेर आउनु पर्छ भन्ने उनी मान्नेता राख्छन् ।
२०७४ सालको निर्वाचनमा युवा नेता खड्का केन्द्रीय सदस्य निर्वाचनमा भिडेको बेला दाङमा युवा परिचालन समितिको संयोजकको जिम्मेवारीमा थिए । जतिखेर बिप्लव नेतृत्वको नेकपाले निर्वाचन नै बहिस्कार गरेको थियो ।
त्यस्तै गत उपनिर्वाचनका क्रममा नेता केशब आचार्य चुनाबमा लड्दा पार्टीले उनलाई दाङकै सम्बेदनसिल र जोखिम निर्वाचन बुथ मानिएको शान्तिनगर गाउँपालिका वडा नं. १ को बाघखोरमा खटिएका थिए ।
ती बाहेकमा युवराजले जिम्मेवारी नपाएको हुँदा उनको परिक्षण हुन बाँकी नै छ । ‘युवराज पार्टी भित्र निकै आश लाग्दा युवा नेता हुन,’ एक अग्रज नेताले टिप्पनी गरे ‘ सबै भन्दा उनको सवल पक्ष कुनैपनि नेता कहाँ अरुले जस्तै गरि संधै चाकडी गर्न र चुकली लाउन जाँदैनन् । अनटेष्टेड युवराजको राजनीतिक भविस्य समकालिन युवाका बीचमा सबै भन्दा लोभलाग्दो छ ।’
तर, उनले युवराज राजनीतिक छवि भएका ब्यक्तिहरुको घेरा थप बलियो बनाउन आवश्यक रहेको उनले सुझाए ।
‘युवराजलाई भजाएर कतिपय राजनीतिक छवि नभएका ब्यक्तिहरु समेत राजनीतिमा स्थापित हुन थालेका छन्,’ उनले भने ‘ युवराज जस्ता युवा नेताहरुले त्यस्ता ब्यक्ति चिनेर अगाडि बढ्न सक्नुपर्छ ।’
क्याटेगोरी : राजनीतिट्याग : #breaking,
#hot