Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेसले मात्र देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन सक्छ : मन्त्री कार्की

कांग्रेसले मात्र देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन सक्छ : मन्त्री कार्की


काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्ने दाबी गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले जनताको अभिलाशा तथा अकांक्षा पूरा गर्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको बताए ।

जनताको अधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी कांग्रेस नै भएको मन्त्री कार्कीले दाबी गरे । उनले कांग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताए ।

मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिए । कांग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गरे ।

कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्वसभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस