काठमाडौँ
पहिलो पटक दलित र मधेसी समुदायका नेता पदाधिकारीमानेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन्। अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।
यी हुन् एमालेका नयाँ पदाधिकारी
अध्यक्ष- केपी शर्मा ओली १८०८
वरिष्ठ उपाध्यक्ष-ईश्वर पोखरेल निर्विरोध
महासचिव -शंकर पोखरेल निर्विरोध
उपाध्यक्षहरू
अष्टलक्ष्मी शाक्य १९७६
सुरेन्द्र पाण्डे १९२५
सुवास नेम्वाङ १८६५
विष्णु पौडेल १८५६
युवराज ज्ञवाली १८४२
रामबहादुर थापा ‘बादल’ १७६८
उपमहासचिवहरू
प्रदीप ज्ञवाली निर्विरोध
पृथ्वीसुब्बा गुरूङ- निर्विरोध
विष्णु रिमाल -निर्विरोध
सचिवहरू
गोकर्ण विष्ट १९७६
योगेश भट्टराई १९६४
पद्मा अर्याल १८००
छबिलाल विश्वकर्मा १८००
लेखराज भट्ट १७०४
टोपबहादुर रायामाझी १७००
रघुवीर महासेठ १५१३
यीमध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन्। सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पहिलो पटक एमाले पदाधिकारी भएका हुन्।
यसपालि एमाले पदाधिकारीमा पहिलो पटक मधेसी र दलित समुदायका नेता पनि परेका छन्। रघुवीर महासेठ तेस्रो प्रयास एमाले पदाधिकारी बन्न सफल भएका हुन्। यसअघि उनी आठौं र नवौं महाधिवेशनमा सचिव उम्मेदवार हुँदा पराजित भएका थिए। दुबै महाधिवेशनमा उनी ओली समूहमा थिए। छविलाल विश्वकर्मा यसअघि स्थायी कमिटी सदस्य थिए। यसपालि उनी सचिव बनेका हुन्।
क्याटेगोरी : राजनीतिट्याग : #breaking