गृहपृष्ठ ∕ राजनीति ∕ दोस्रो चरण नेतृत्व चयनको परिणाम जस्तोसुकै आए पनि स्वीकार छ – शेखर कोइराला दोस्रो चरण नेतृत्व चयनको परिणाम जस्तोसुकै आए पनि स्वीकार छ – शेखर कोइराला दीप संञ्चार मंसीर २८, २०७८ गते १५:५६ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणमा जाने सभापतिका उम्मेदावर शेखर कोइरालाले घोषणा गरेका छन् ।पहिलो चरणका सभापतिका उम्मेदावर शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने निश्चित भएको हो । यसअघि निधि, सिंह र गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेपछि शेखर कोइरालाले भने प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् ।निर्वाचनमा जाने घोषणा गर्ने क्रममा सभापतिका उम्मेदवार कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईहरू आफै नेता हुनुहुन्छ । आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’उनले आफूले नेपाली कांग्रेसको सभापतिमा विजयी भए कांग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाए । आफूले सुरू गरेको नेपाली कांग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्याउने घोषण पनि गरे । साथै उनले निर्वाचनको परिणाम जेसुकै आए पनि स्वीकार हुने पनि बताए ।उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्तको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहूति गर्न चाहन्छु ।’क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न