गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको सह-महामन्त्रीमा देउवा पक्षको वर्चश्व कांग्रेसको सह-महामन्त्रीमा देउवा पक्षको वर्चश्व दीप संञ्चार पुस २, २०७८ गते १८:१४ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय ९डिना०, भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार विहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।शुक्रबार साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खसरआर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए । यी सबै देउवा समूहका हुन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भए । कोइराला खेमाका पाण्डेले देउवा प्यालनका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।उनकाअनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न