गृहपृष्ठ ∕ राजनीति ∕ पुडासैनी मृत्यु प्रकरण बारे बोलिन रेनु दाहाल पुडासैनी मृत्यु प्रकरण बारे बोलिन रेनु दाहाल दीप संञ्चार भदौ ५, २०७६ गते १८:४७ मा प्रकाशित काठमाडौं, नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् ।सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन