गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल दीप संञ्चार माघ २२, २०७८ गते १९:४१ मा प्रकाशित काठमाडौँ -नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गरेका छन् ।प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन गर्नेसमेत बताए । “स्थानीय तहको निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए”, उनले भने, “पत्रकारले पनि समयमा नै स्थानिय तहको निर्वाचन गर्ने दिशामा कमल चलाउनुपर्दछ ।” उनले मुलुकलाई आर्थिक, विकास र समृद्धि तिर लैजानुपर्नेमा जोड दिए ।उनले पार्टीले विद्यार्थी, युवा र महिलाबाहेक सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्न निर्देशन दिइएको बताए । उनले ठूलो सङ्गठन संरचना नभई चुस्तदुरुस्त बनाइने बताए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सरकारले संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताए । उनले पत्रकारले अझै पनि समयमा नै तलब नपाउनु परेको पीडा रहेको उल्लेख गर्दै त्यस्ता आम सञ्चारमाध्यममा खबरदारी गर्नुपर्ने बताए ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशा नै धरमरमा रहेकाले सबै मिलेर जोगाउनुपर्ने बताए । उनले नाम मात्रका पत्रकार तर अर्कै व्यवसाय गर्ने धेरै नै रहेकाले नेपाल पत्रकार महासङ्घले छानबिन गर्नुपर्ने बताए । पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अझै पनि पत्रकारले समयमा नै तलब नपाएको बताए । उनले महासङ्घ निरन्तर पत्रकारको हकहितका लागि काम गरिरहेको बताए ।महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारलाई अहिले पनि काम गरेको तलब पाउनका लागि समस्या भइरहेको बताए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको रक्षाका लागि चौतारीले सधैँ खबरदारी गर्ने बताए । उनले पत्रकारले अहिले पनि श्रमजीवी पत्रकार ऐनअनुसार तलब नपाएकाले सरकारले तुरुन्तै ऐनअनुसार तलब उपलब्ध गराउनुपर्ने बताए ।राससक्याटेगोरी : राजनीतिट्याग : #ईश्वर पोखरेल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा