गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस प्रदेश सभापति- गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ काँग्रेस प्रदेश सभापति- गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ दीप संञ्चार चैत्र ११, २०७८ गते १८:२४ मा प्रकाशित नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान नहुने बताएका छन् ।शुक्रबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन् ।गण्डक प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले गठबन्धन गर्न नहुनेमा जाड दिएका हुन् । गठबन्धन गरेमा स्थानीय आवश्यकता अनुसार मात्र गर्नु पर्ने उनीहरुको जोड छ । गठबन्धन किन गर्ने, गर्दा के हुन्छ, केन्द्रबाटै गठबन्धन गर्ने की स्थानीय आवश्यकता अनुसार गर्ने यी तीनवटा प्रश्नमा बैठक केन्द्रित रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने बताएका छन् ।नेकपा माओवादी केन्द्रले ज-जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो गर्दा कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको भनाइ छ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा