गृहपृष्ठ ∕ राजनीति ∕ डा. शेखर कोइराला : गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ डा. शेखर कोइराला : गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ दीप संञ्चार चैत्र २०, २०७८ गते २०:४१ मा प्रकाशित काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । काँग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।” डा कोइरालाले धेरैजसो जिल्लामा काँग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे । तनहुँमा पनि केही ठाउँमा पुग्दा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौँ ।”कोइरालाले विधानअनुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गरे । “सबै नामावली केन्द्रमा पठाउने होइन, विधानअनुसार चल्नुपर्छ,” उनले भने । केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै काँग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताए । नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीले काँग्रेसले काँग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको उल्लेख गरे । जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण काँग्रेस कमजोर हुँदै गएकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।राससक्याटेगोरी : राजनीतिट्याग : #शेखर कोइराला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा