गृहपृष्ठ ∕ राजनीति ∕ भरतपुर महानगरको प्रमुख पद माओवादीलाई नछाड्ने चितवन कांग्रेसको निर्णय भरतपुर महानगरको प्रमुख पद माओवादीलाई नछाड्ने चितवन कांग्रेसको निर्णय दीप संञ्चार चैत्र २०, २०७८ गते २०:५३ मा प्रकाशित चितवन – भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ ।पार्टी कार्यालय कमलनगरमा आज (आइबार) बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहनेगरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।महानगरको प्रमुख पदमा कांग्रेसकै उमेदवार रहनेगरी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । ‘नेपाली कांग्रेस चितवनको आजको बैठकको निर्णयको बटम लाइन भनेको महानगर प्रमुख नेपाली कांग्रेसको उमेदवार हुने हो’, उनले भने । यसको मतलब महानगर प्रमुखको उमेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)लाई कांग्रेसले नछाड्ने भएको छ ।माओवादी केन्द्रले महानगरको मेयरमा पुनः रेनु दाहाललाई नै उठाउने तयारी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोशिस गरिरहेका छन् । यद्यपी कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिसकेको छ ।चितवन कांग्रेस भने यस पटक कुनै पनि हालतमा महानगरको प्रमुखमा माओवादीलाई सहयोग नगर्ने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्ने भएपनि महानगर प्रमुखको उमेदवारमा कांग्रेसले नछाड्ने निर्णय गरिएको खनालले बताए ।‘महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलबीच सबै पालिकामा तालमेल गरी अघि बढ्ने निर्णय भएको छ’, उनले भने । अन्य पालिकाको प्रमुखमा भने स्थानीय आवश्यकताका आधारमा गठबन्धनका दलबीच तालमेल हुने उनले बताए ।जनतापाटिक्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा