Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपतिले जारी गरिन् यौन हिंसा र तेजावलगायत पाँच अध्यादेश

राष्ट्रपतिले जारी गरिन् यौन हिंसा र तेजावलगायत पाँच अध्यादेश


काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी थरेकी छन् । मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्ध, तेजाव आक्रमणलगायत विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन्।

त्यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ पनि जारी भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस