Techie IT
×
गृहपृष्ठराजनीतिविप्लव नेतृत्वको नेकपा र सत्ता गठबन्धनबीच चुनावी तालमेल !

विप्लव नेतृत्वको नेकपा र सत्ता गठबन्धनबीच चुनावी तालमेल !


काठमाण्डौं : प्युठानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता गठबन्धनका दलसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ।

प्युठानको माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलसँग सहकार्य गर्ने भएको हो।

माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।

नेकपासहित सत्ता गठबन्धनका दलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘माण्डवी गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरुको बैठक बसी वैशाख ३० गते हुने स्थानीय चुनावमा दलीय अस्तित्व स्वीकार गर्नेगरी गठबन्धनसहित एक ढिक्का भएर जाने कुरामा सहमतिका साथ प्रेस वक्तव्य जारी गरेका छौँ।’

वक्तव्यमा कांग्रेसका गाउँपालिका कार्यसमिति उपसभापति ऋषिराम अधिकारी, माओवादीका गाउँ कमिटी अध्यक्ष बलबहादुर खत्री, जनमोर्चाका अध्यक्ष शंकर आचार्य र नेकपाका इन्चार्ज हरि बस्नेतले हस्ताक्षर गरेका छन्।

इन्चार्ज बस्नेतले आफ्नो पार्टी निर्वाचनमा नगए पनि स्वतन्त्र रुपमा उम्मेदवार उठाउने नीति भएको प्रतिक्रिया दिए। उनले माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनसँग सहकार्य गरेर जान आफूहरु तयार भएको पनि बताए।

‘पार्टी निर्वाचनमा जान्न। हामी स्वतन्त्र उठाउँछौँ,’ बस्नेतले नेपालखबरसँग भने, ‘प्युठानको माण्डवी गाउँपालिकामा हामीले सहकार्य गरेर जाने सहमति गरेका हौँ।’उनले सत्ता गठबन्धनसँग सहकार्यका लागि सहमति भए पनि भागबन्डा भने भइनसकेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव

तपाईको प्रतिक्रिया दिनुहोस