गृहपृष्ठ ∕ राजनीति ∕ आयोगले भन्याे- ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’ आयोगले भन्याे- ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’ दीप संञ्चार वैशाख २९, २०७९ गते २०:४९ मा प्रकाशित काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिएका हुन । उनले भने- ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको प्रवक्ता अर्यालको भनाइ छ ।साथै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भएरनभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको पनि उनले जानकारी दिए ।मतदान भोलि बिहान ७ बजेदेखि कार्य सुरु हुनेछ भने बेलुकी ५ बजेसम्म जारी रहनेछ । ३५ हजार २ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध रोध निर्वाचित भइसकेका छन् ।मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । क्याटेगोरी : राजनीतिट्याग : #breaking, #निर्वाचन आयोग तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न