Techie IT
×
गृहपृष्ठराजनीतिगोरखा : मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

गोरखा : मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप


गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो ।

नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएपछि माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।

घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मतदान केन्द्रमा झडप

तपाईको प्रतिक्रिया दिनुहोस