गृहपृष्ठ ∕ राजनीति ∕ उदयपुरका मुख्य निर्वाचन अधिकृतले मतगणना सम्पन्न नहुँदै किन दिए राजीनामा ? उदयपुरका मुख्य निर्वाचन अधिकृतले मतगणना सम्पन्न नहुँदै किन दिए राजीनामा ? दीप संञ्चार जेठ १, २०७९ गते २१:२९ मा प्रकाशित उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् ।आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिनुपरेको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।जिल्लाको ९८ मतदान केन्द्रको मतगणना कार्यहरु बाँकी रहेको र जिल्लाकै त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी मतदान केन्द्रमा शुक्रबार मतदान अधिकृतको लापरबाहीका कारण दुई हजार मतदाता मतदान गर्नबाट वञ्चित रहेपछि सो मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने राजनीतिक दलहरुको माग उठिरहेको बेला मुख्य निर्वाचन अधिकृत खनालले राजीनामा दिएको बताएका छन् ।जिल्लाको आठ पालिकामध्ये अहिले पनि त्रियुगा नगरपालिका, कटारी नगरपालिकासहित धेरै स्थानमा मतगणना नै सुरु भएको छैन भने त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी स्कुल मतदान केन्द्रमा निर्वाचन नै पुनः हुनसकेको बेला मुख्य निर्वाचन अधिकृतको राजीनामा आएको हो ।राससक्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न