स्वार्थी एकता भएकाले पाँचदलीय गठबन्धन एक दिन आफैँ तोडिने ओलीको दाबी

एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे ।
‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उनले भने ।
ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु रु’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्याए । केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए ।
उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए । उनले पार्टीमा गुटबन्दी अब सैह्य नहुने पनि चेतावनी दिए । गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #केपी ओली
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस