गृहपृष्ठ ∕ राजनीति ∕ देशको अर्थतन्त्र सुदृढीकरण गर्ने नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धता देशको अर्थतन्त्र सुदृढीकरण गर्ने नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धता दीप संञ्चार साउन १५, २०७९ गते १९:३२ मा प्रकाशित नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दे मन्त्री शर्माले नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।विश्वको आर्थिक अवस्थामा समस्या रहेको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए । ‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । हामीले नयाँ बजेट तयार गरेका थियौ । त्यो पारित भएर कार्यान्वयनको चरणमा छ । त्यसको मूल उद्देश्य सिद्धान्त आयात प्रस्थापन गर्नु,उत्पादन वृद्धि गर्नु, वैदेशिक मुद्दा सञ्चित गर्नु तीन वटा मूलभूत उद्देश्यमा केन्द्रित भएर समग्र बजेट नीति तथा कार्यक्रम बनाएका हौँ,’ उनले भने,‘ अहिले विश्वको आर्थिक अवस्था विभिन्न युद्धका कारणले एक खालको समस्या देखि राखेको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता छ ।मैले भनेको सिद्धान्त र सो सिद्धान्तमा निर्मित बजेटले त्यो दिशातिर लग्ने विश्वास छ । त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्ने प्रतिबद्धता म यहाँ दोहो¥याउन चाहन्छु ।’ क्याटेगोरी : राजनीतिट्याग : #breaking, #जनार्दन शर्मा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न