गृहपृष्ठ ∕ राजनीति ∕ चितवन-१ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई चितवन-१ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई दीप संञ्चार असोज ३१, २०७९ गते १८:४० मा प्रकाशित चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन् ।सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बुर्लाकोटीलाई निवास बालुवाटार बोलाएर उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्न आग्रह गरेका थिए । कांग्रेस सभापतिसमेत रहेका देउवाले उचित भूमिका र जिम्मेवारी दिने प्रतिबद्धता जनाएपछि बुर्लाकोटी ब्याक भई कांग्रेसका आधिकारिक उम्मेदवार विश्वनाथ पौडेललाई आफूले समर्थन गरेको र जिताउन लागिपर्ने प्रतिबद्धता पनि जनएका छन् ।बुर्लाकोटी चितवन १ बाट टिकटका आकांक्षी थिए । तर पार्टीले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेललाई टिकट दियो । त्यसपछि असन्तुष्ट रहेका बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । बुर्लाकोटीको उम्मेदवारी दर्ता भएपछि सत्तारुढ गठबन्धन निकै सकसमा परेको थियो । यदि बुर्लाकोटीको उम्मेदवारी कायमै रहेको भए एमालेका सुरेन्द्र पाण्डेलाई चिट्ठा पर्ने थियो ।कांग्रेसले सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवार दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसे अनुशासनको कारबाही नगर्ने घोषणा गरेको छ । जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा