गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन दीप संञ्चार कात्तिक २५, २०७९ गते १३:०२ मा प्रकाशित नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन लडिरहेको लुम्बिनी प्रदेशको चर्चित निर्वाचन क्षेत्र दाङ– २ हो । त्यहाँ नेकपा एमालेका महासचिव पोखरेल र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी नेत्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ सालको चुनावमा दाङ– २ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । महरा प्रतिनिधि सभामा विजयी हुँदा उनकै प्यानलबाट पोखरेल प्रदेश सभामा विजयी भएका थिए । चुनाव जितेपछि पोखरेल लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकालको मुख्यमन्त्री बनेका थिए ।नेकपा विभाजनसँगै पोखरेल नेतृत्वको सरकार ढल्यो । चितवनमा सम्पन्न महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतालाई पाखा लगाएर पोखरेललाई महासचिव बनाए ।नेपाली कांग्रेस र माओवादीको राम्रो जनमत भएको दाङ–२ बाट चुनाव जित्नु पोखरेलका लागि सहज छैन ।अघिल्लोपटक एमालेको समेत समर्थन प्राप्त गरेका माओवादी उम्मेदवार कृष्णबहादुर महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत पाएका थिए ।स्थानीय तहमा वडा तहमा पाएको मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल हो । एमालेले ३३ हजार ५९३ पाउँदा कांग्रेसले २३ हजार ३०१ र माओवादी केन्द्रले १० हजार ४७८ मत पाएका थिए । गठबन्धनको अर्को दल नेकपा एसले २ हजार ९४२ मत पाएको छ ।सत्ता गठबन्धन बलियो भए यो क्षेत्रमा पोखरेललाई जीत निकाल्न कठिन देखिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #गठबन्धन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा