गृहपृष्ठ ∕ राजनीति ∕ प्रत्यक्ष चुनावमा पहिलो प्रयास : यसरी बनाउँदैछन् विनोद चौधरीले चुनावी माहोल ! प्रत्यक्ष चुनावमा पहिलो प्रयास : यसरी बनाउँदैछन् विनोद चौधरीले चुनावी माहोल ! दीप संञ्चार कात्तिक ३०, २०७९ गते १५:११ मा प्रकाशित नेपालका डलर अर्बपति धनाढ्य विनोद चौधरी यसपटक समानुपातिक सांसद बन्ने सजिलो बाटो छाडेर प्रत्यक्ष चुनाव लड्दैछन् ।मंसिर– ४ गते हुने चुनावमा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार चौधरी बिहानदेखि साँझ अबेरसम्म मतदाताकोमा पुगिरहेका छन् । किसानका कुरा सुनिरहेका छन्, र आफूले यो क्षेत्रको विकासका लागि केही गर्न खोजेको बताइरहेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरी सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम– १ का साझा उम्मेदवार हुन् । घरदैलोमा पुगेका चौधरीलाई मतदाताले आफ्नो क्षेत्रका समस्या सुनाइरहेका छन् । मञ्चमा भाषणभन्दा पनि जनताका समस्याका कुरा उनले सुनिरहेका छन् ।चौधरीको उम्मेदवारीले पश्चिम नवलपरासीको चुनावी माहोलमा रौनक थपिरहेको छ ।२०७० सालको संविधानसभालाई अपवाद मान्दा यो क्षेत्रबाट हाल जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका हृदयेश त्रिपाठीले चुनाव जितिरहेका छन् ।सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी एमालेले फिर्ता गरेपछि यसपटक पनि चौधरीसँग त्रिपाठीको प्रतिस्पर्धा हुँदैछ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न