गठबन्धनलाई कायम राखेर देश विकास गर्छौं : प्रधानमन्त्री देउवा

गृहजिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका-४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधामन्त्री शेरबहादुर देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताएका छन्। देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका हुन्।
संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उहाँले मतदातासँग अपिल गरे।
उहाँले भन्नुभयो, ‘‘तपाईंहरुलाई थाहा छ। केपी ओलीले संविधान मिच्न खोज्नुभयो। त्यो पनि दुईरदुई पटक। उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईं हामी सबैलाई लागेको थियो। तर, उहाँले उल्टो गर्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो। त्यसकारण हामीले गठबन्धन गरेका हौँ। संविधान मिच्नबाट जोगायौं। विकास निर्माणका धेरै काम अघि बढेका छन्। अझै गठबन्धनलाई लामो समयसम्म कायमै राखेर हामी देशमा विकास गर्न चाहन्छौं।’’
चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेलधुरा पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन्।
उहाँले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्नुहुँदै अब सडक कालोपत्र गरिने बताए । सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको उहाँको भनाइ छ। उनले भने, ‘‘अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक कालोपत्र गर्नेछौँ।’’
खेतबारीमा सिँचाइको समस्या रहेको भन्दै उहाँले सिँचाइको व्यवस्था गर्ने र यहाँका गाउँबस्तीमा भएको खानेपानीको समस्या समाधान गर्ने बताए। ‘‘बोगटा गाउँमा एकघर एकधारा खानेपानी योजना सम्पन्न भएर खानेपानीको समस्या हटेको छ’’, उहाँले भन्नुभयो, ‘‘यसैगरी भागेश्वरका सबै गाउँलाई खानेपानीको समस्याबाट मुक्त बनाउँछु।’’
प्रधामन्त्री देउवाले बुधबार बोगटासँगै अमजयमेरु गउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #गठबन्धन, #नेपाली कांग्रेस, #शेरबहादुर देउवा
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस