गृहपृष्ठ ∕ राजनीति ∕ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी दीप संञ्चार मंसीर ९, २०७९ गते २१:२३ मा प्रकाशित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । शुक्रवार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गरेका हुन् । पौडेलले २७ हजार १७४ ल्याए भने, गणेशले २५ हजार ७८१ मत ल्याउन सके ।त्यस्तै, सत्तारुढ गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे । थापाले २२ हजार ८ मत ल्याए । विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जित हो । उनले २०६४ तत्कालीन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, २०७० मा तत्कालिन माओवादीकै नेता डा. बाबुरा भटराई, २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए ।यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको थियो । रुपन्देही २ सँगै क्षेत्र नम्बर ५ बाट पनि एमालेका बाशुदेव घिमिरे जितेका छन् । भने, क्षेत्र नम्बर १ बाट सचिव छविलाल विश्वकर्मा जित नजिक छन् ।क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा