गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’ सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’ दीप संञ्चार मंसीर १९, २०७९ गते १९:०६ मा प्रकाशित सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् ।यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । नागरिकले दिएको जनमतले पनि गठबन्धनको निरन्तरतालाई पुष्टि गरेको बैठकको निष्कर्ष छ ।आजको बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा भएको भुसालले जानकारीदिए । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी थिए ।‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र देशको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, बैठकपछिको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।गठबन्धनको सरकारले पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान सुरक्षित हुने र देश राजनीतिक स्थायित्व तथा समृद्धितर्फ अघि बढेको पनि गठबन्धनको दाबी छ । चुनावको बेला गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन दिँदा दिँदै पनि केही क्षेत्रमा असहयोग र असमझादारी देखिएको भन्दै गठबन्धनले आउँदा दिनमा उचित समीक्षा र सम्बोधन गर्ने जनाएको छ । चुनावमा सहयोग गर्ने र मत दिने सबै मतदातालाई धन्यवाद दिँदै गठबन्धनका दलहरूले निर्वाचित भएका सबै सांसदलाई बधाईसमेत दिएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #सत्ता गठबन्धन बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न