गृहपृष्ठ ∕ राजनीति ∕ २९ पुसमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी २९ पुसमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी दीप संञ्चार पुस १४, २०७९ गते १६:५८ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारे सामान्य छलफल भएको थियो ।आजको बैठकमा गठबन्धन सरकारका नीति तथा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा समिति बनाउने सहमति भएको थियो । सत्ता साझेदार दल राप्रपाले नीति तथा कार्यक्रम तयार नभई सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्षस्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठक २९ पुसमा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको स्रोतले बतायो ।प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन सांसदले समर्थन गरेका छन् । तर सरकारमा एमाले, माओवादी, रास्वपा र जनमत पार्टीबाट मात्रै मन्त्री बनेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एक सय ६९ सांसदले हस्ताक्षर गरेका छन् । तर विश्वासको मत लिँदा त्यति संख्या रहला कि नरहला भन्ने निश्चित छैन ।अझै १५ दिन बाँकी रहेकाले राजनीति उथलपुथल हुने सम्भावनाका कारण पनि प्रचण्ड अहिले मौन बसेका छन् । सरकार गठन गर्दै तीनजना उपप्रधानमन्त्री नियुक्त गरेपछि उनको आलोचना हुन थालेको छ । यसअघि देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री बनेका थिएनन् । क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा