काठमाडौँ ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौती र अवसर दुवै भएको जनाउँदै संयम भएर देश र जनताको पक्षमा काम गर्ने बताए ।
नेकपा माओवादी प्रवास समन्वय समितिको शुक्रवार भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनौतीपूर्ण अवस्थामा समेत राम्रो र धेरै काम भइरहेको । हालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि सुधारको अवस्थामा प्रवेश गरेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
उनले हाल अर्थतन्त्र केही अप्ठ्यारो अवस्थामा रहे पनि अर्थतन्त्र तत्काल अप्ठ्यारोमा नपरेको दावी गरे । विगत केही वर्षदेखि नीतिगत, ऐन,नियम, कानुनहरू विधि प्रक्रियाका कारणले भनेको जस्तो राम्रो हुन नसकेको र तेसमा सुधार आउने भन्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पले पुर्याएको क्षति, कोरोना महामारी र रुस युद्धले अर्थतन्त्र केही अप्ठ्यारो अवस्थामा मात्रै रहेको बताए ।
उनले आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजीको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार निर्माण भएको तीन महिनामा धेरै सकारात्मक संकेतहरू देखा परेको बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । उनले बैदेशिक रोजगारीबाट रेमिटेन्समार्फत विदेशी मुद्रा सञ्चितिमा धेरै रामो सुधार भएको जनाउँदै विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले हाल राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख् सुधार भएको जनाउदै यसले देश विकाशको राम्रो संकेत दिएको बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा प्रवासमा रहेका नेपालीहरुलाई आफै बसेको देशबाट मताधिकार गर्न पाउने ब्यबस्था गरिने
उक्त कार्यक्रममा बताए । यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बन्चित हुन नपर्ने बताए ।
सोही कार्यक्रममा उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायण काजी श्रेष्ठले प्रवासी नेपालीलाई सम्वोधन गर्दै छिट्टै नागरिकता विवाद टुङ्गिने बताए ।
कार्यक्रममा पुर्व अर्थमन्त्री जनार्दन शर्माले अव आर्थिक क्रान्तिमा देश अगाडी बढ्नुपर्ने जनाऊदै प्रवासमा रहेका नेपालीहरुको योगदानलाई राज्यले नभुल्ने बताए ।
उक्त कार्यक्रममा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले अब नियमित रुपमा प्रवासी नेपाली र प्रधानमन्त्रीबीच अन्तरक्रिया गरिने जनाउँदै यसवाट प्रवासी नेपालीको समस्याको सुनुवाइ हुने बताए । शर्माले विदेशमा रहेका नेपालीहरुलाई सरकारका राम्रा कामको प्रचार गर्न आग्रह गर्दै शान्ति प्रक्रियाविरुद्ध भइरहेका गतिविधिको भण्डाफोर गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा प्रवास समन्वय समितिका नेताहरुका साथै प्रवासमा रहेका नेकपा माओवादी पार्टीसम्बन्ध नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
क्याटेगोरी : राजनीतिट्याग : #breaking,
#प्रचण्ड