गृहपृष्ठ ∕ राजनीति ∕ नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता दीप संञ्चार कात्तिक १८, २०७६ गते १७:०७ मा प्रकाशित काठमाडौं, उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा आइतबार भएको भेटमा द्धिपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । उनले सोलार र मिनिग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ । ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको धारणा राखे । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिँदै वैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा