Techie IT
×
गृहपृष्ठराजनीतिरावललाई पनि मंत्री बनाउने ओलीको तयारी

रावललाई पनि मंत्री बनाउने ओलीको तयारी


काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने सम्भावना रहेको नागरिक दैनिकमा समाचार छ ।

स्रोतका अनुसार सरकारको आलोचना गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसा र जनार्दन शर्मा र सरकारसँग नरम रहेका फम्फा भुसाल, देवेन्द्र पोडेल र छबिलाल विश्वकर्मा मन्त्री बन्ने सम्भावना रहेको श्रोतको दाबि छ ।

त्यसैगरी बर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेबारी दिने तयारी गरेको स्रोतले बताएको छ ।

तर, उनी यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन । रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण उहाँलाई पुनर्गठित मन्त्रिपरिषद्मा सहभागी गराउने कि नगराउने भन्ने विषय छलफलमै रहेको स्रोतले बताएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस