गृहपृष्ठ ∕ राजनीति ∕ प्रहरीविरुद्ध आन्दोलनमा उत्रिने काफ्लेको चेतावनी, नेविसङ्घको विरोध जुलुसमा प्रहरी हस्तक्षेप प्रहरीविरुद्ध आन्दोलनमा उत्रिने काफ्लेको चेतावनी, नेविसङ्घको विरोध जुलुसमा प्रहरी हस्तक्षेप दीप संञ्चार मंसीर १, २०७६ गते २०:५६ मा प्रकाशित काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।नेविसंघका कार्यकर्ताहरु भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उनले बताए । पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए ।राष्ट्रियताका सवालमा नेविसङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न