गृहपृष्ठ ∕ राजनीति ∕ कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी प्रिया स्मृती गजमेर पुस २२, २०७७ गते १९:२४ मा प्रकाशित दाङ्ग -राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले नेकपाको आन्तरिक लडाईको चपेटामा जनता परेको आरोप लगाए ।राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधवार लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन । सत्ता, स्वार्थ र शक्तिको लडाईका कारण देश गम्भीर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नु पर्ने बेला आएको केसीले बताए । जनताले दिएको म्यान्डेड पुरा नगर्दै सिमित स्वार्थको लागि संसद विघटन गर्नु दुखद भएको भन्दै अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी नेकपाको चर्को आलोचना गरे ।सत्ता र शक्तिमा पुगेका नेताहरुले जनताको पिडा बुझ्न सकेनन, उनीहरुले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरे केसीले भने । “लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको हो”—, यो अप्रजातान्त्रिक, असंबैधानिक तरिकाले संसद बिघटन गर्नलाई हैन—जुन दिन संसद बिघटन भयो सोहि दिन नै जनमोर्चाले समर्थन फिर्ता लिएको हो” अध्यक्ष केसीले भने ।संसद बिघटनको असर अब बिस्तारै प्रदेशमा समेत पर्न गएको भन्दै आफ्नो स्वार्थका लागि देशै बर्वाद बनाउन कसैलाई पनि छुट, छैन २०४८ सालमा पनि संसद बिघटन पछि पुनस्थापना भएको इतिहास छ त्यसैले केपी ओली सरकारले बिघटन गरेको संसद तुरुन्तै पुनस्थापना गर्नु पर्ने उनको भनाई छ ।राष्ट्रिय जनमोर्चा दाङ्गले बिहिवार दाङ्गको घोराहीमा संसद बिघटन गरेको विरुद्घमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी दाङ्ग आई पुगेका छन । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिका उपाध्यक्ष तारा प्रसाद खनालको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सदस्य बसन्त आचार्यको स्वागत र कार्यक्रमको संचालन नगर सचिव लेखराज आचार्यले गरेका थिए ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा