गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी प्रिया स्मृती गजमेर पुस २५, २०७७ गते १८:५५ मा प्रकाशित दाङ्ग -प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल दाङको निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडे जमानत जफत गरि दिने चेतावनी दिएका छन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनतालाई घात गर्नेहरुलाई अब जनताले सबक सिकाउने बताए ।त्यस्तै प्रचण्ड नेपाल समुहका अर्का लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आरोप लगाएका छन् ।प्रधानमन्त्री ओलीले संविधान विपरित काम गरेर जनतामाझ भ्रममा पार्ने काम गरेको बताए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीका अध्यक्ष बसन्त नेपालीले देशमा समृद्ध, शुसान आउने बेला प्रधानमन्त्री ओलीले कुर्सीको लागि संसद विघटन गरेको बताए ।कार्यक्रममा राजपुर गाउँ कमिटी सचिवालय सदस्य रामप्रसाद यादव, स्थानीय नेता श्यामेस चौधरी, कृष्ण गिरी, दिपक चौधरी, युवा तथा खेलकुद विभागका जिल्ला सदस्य बिमल जैसी, युवा नेता मोहम्मद याकूब लगायतको उपस्थिति रहेको थियोे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बरका युवा नेता जगत खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गिरिराज पौडेलले गरेका थिए ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटी अध्यक्ष बसन्त नेपालीको सभापतित्व एवम् प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरीको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष धर्मराज अधिकारी, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भूमाण्डव केसी, राप्ती गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष जगतबहादुर थापा, नेकपाका युवा नेता श्यामेस चौधरी लगायतका बक्ताले बोलेका थिए ।।क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा