गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ घरमा पालेको भालेले अण्डा पार्यो, धादिङका सोमबहादुर प्रहरी नियन्त्रणमा घरमा पालेको भालेले अण्डा पार्यो, धादिङका सोमबहादुर प्रहरी नियन्त्रणमा दीप संञ्चार कात्तिक १०, २०७६ गते १७:५८ मा प्रकाशित काठमाडौं । आफूले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका-२ झार्लाङ कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन्।उनले पालेका कुखुराको खोरमा सधैंभन्दा सानो अण्डा भेटिएको थियो। कुखुराले सानो अण्डा पारेपछि । सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाई देखाउँदै गर्दा सो अण्डा भालेले पारेको र १ करोड रुपैयाँभन्दा बढी पर्ने हल्ला चल्यो।त्यसपछि धेरै मूल्य पाउने प्रलोभनमा सोमबहादुरले अण्डा लुकाए। त्यसको पर्सिपल्ट अण्डा गायव हुँदा उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनले छिमेकीलाई आफूले पालेको कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो बहुमूल्य हुने चर्चा सुने।१ करोडभन्दा बढीमा त्यो अण्डा बिक्री हुन्छ भन्ने हल्ला गाउँमा चलेपछि उनले अण्डाको फोटो खिचेर घरभित्रै अन्नको भकारीभित्र लुकाए।सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफूसँग रहेको र ग्राहक खोजीदिन खबर पठाए। दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन। अण्डा हराएपछि उनले आफूले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा)लाई हेराए।झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले चोरेर चितवन पठाएको भनिदिए। झाँक्रीले अण्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच चोरीको विषयमा सदरमुकामस्थित एक होटलमा झगडा भयो। उनीहरूको झगडापछि ‘भालेको अण्डा काण्ड’ मा प्रहरीको प्रवेश भएको हो।यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।क्याटेगोरी : बाग्मती प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारत्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तनखुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य तिहारको भाइटीकाको भोलिपल्टबाट बन्द हुनेकाठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमणसवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न