गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ‘उडायो सपना सबै हुरीले……’ ‘उडायो सपना सबै हुरीले……’ प्रिया स्मृती गजमेर साउन ४, २०७६ गते १७:२३ मा प्रकाशित दाङ, राजपुर गाउपालिकाको वडा नम्बर १ को माररीखोला अत्यन्तै बिकट बस्ति हो । सोहि बस्तीमा एक सामान्य आर्थिक स्थिती भएका सुनार परिवारको बसोबास । घर खर्च चलाउन गाह्रो भएपछी दुवै लोग्ने स्वास्नीको सल्लाह बमोजिम भिम कुमारीका श्रीमान् धन कमाउन विदेश लागे ।सानो झुप्रो, धेरै पैसा कमाएर ठुलो महल बनाउने सपना थियो उनीहरुमा तर सोचेको भन्दा धेरै फरक भैदिएको छ । बिकटको बस्ति, गर्मीयामको सिजन, भौगोलिक बनावट नै फरक प्रकृतीको, न टेलिफोनले राम्रो संग काम गर्छ न त भनेको बेला एम्बुलेन्स र दमकल पुग्छ त्यो बस्तीमा । राजपुर गाउपालिका वडा नम्बर १ माररीखोला निवासी भिम कुमारी सुनारले गर्मीले आकुल ब्याकुल भएका बेला टेबलमा रहेको पंखा चलाउन खोजिन उक्त पंखाले सितलता प्रदान गर्नुको साटो झन् गर्मि हुने गरि तनाब सिर्जना गरायो ।भिम कुमारीले हेर्दा हेर्दै घर जलेर खरानी भयो तर उनले आफ्नो ८ बर्षिया छोरी बाहेक अरु केहि बचाउन सकिनन् । घरको आर्थिक स्थिति दयनीय थियो नै अब त्यो पनि रहेन ।पंखा चलाउन खोज्दा बिधुतको तार सर्ट भएर आगो निस्कियो । खरले छाएको घर, हेर्दा हेर्दै आगोले एकै छिनमा स्वाहा बनायो । भिम कुमारीले हेर्दा हेर्दै घर जलेर खरानी भयो तर उनले आफ्नो ८ बर्षिया छोरी बाहेक अरु केहि बचाउन सकिनन् । घरको आर्थिक स्थिति दयनीय थियो नै अब त्यो पनि रहेन । सानो परिवारलाई सुखी बनाउने सपना बोकेर भिम कुमारीका श्रीमान् विदेश गएको पनि भर्खर हो । यता घरमा आगलागी भएको खबरले सुनेका श्रीमान पनि बेचैनी बनेका छन् । साहु कर्जा गरेर धन कमाउन विदेश गएका श्रीमानलाई घरको नराम्रो खबर सुनेपछि नराम्रो लाग्नु स्वाभाविक हो । गहभरि आशु लिदै भिम कुमारीले भनिन अब जे हुनु भैहाल्यो आफ्नो ख्याल गर्दै काम गर्नु होला यताको पिर नलिनुस म छदै छु, तर यो प्रदेशीको मन बुझाउने बाटो मात्र हो भन्छन उनका श्रीमान् । यति बेला भिम कुमारी ८ बर्षिया छोरीलाई लिएर बेलाको मटेरियामा आश्रय लिरहेकी छन् ।यसै बीच देउखुरी उधोग बाणिज्य संघका महासचिब कमलजंग सिंह ठकुरी, नेपाली कांग्रेस साबिक बेला गाबिसका सभापती शरद कुमार बुढाथोकी र राजपुर गाउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले आज शनिबार अग्नी पिडितलाई आर्थिक राहत प्रदान गरेका छन् । आज शनिबार एक कार्यक्रमको आयोजना गरेर आगलागी पिडित सुनारलाई नेपाली कांग्रेस साबिक बेला गाविसका सभापति शरद कुमार बुढाथोकीले नगद पन्ध्र हजार र राजपुर गाउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले दश हजार रुपैया प्रदान गरेका हुन् । त्यस्तै देउखुरी उधोग बाणिज्य संघका महासचिव एवं युवा व्यवसायी कमलजंग सिंह ठकुरीको नेतृत्वमा लमही बजारमा व्यवसाय गर्ने व्यवसायीहरुसंग संकलन गरेको खाद्य सामान पिडित सुनारलाई प्रदान गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा