वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सिंहको १४ महिने कार्यकाल

दाङ, वडा प्रहरी कार्यालय लमहीले वितेको एक बर्षमा सवारी ज्यान सम्वन्धि पाँच ओटा मुद्धा दर्ता गरेको छ । गल्ती गर्ने सानो होस या ठूलो सवारी साधन उसैलाई कानुनी कारबाही गर्नेगरी मुद्धा दर्ता गरेर कारबाही थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका छन् । ठूलो र सानो सवारी साधन एक आपसमा जुधेमा ठूलो सवारी साधनको गल्ती देख्ने परम्परा थियो । अव त्यो परम्परा तोडीएको प्रहरी प्रमुख सिंहको भनाई छ ।
वडा प्रहरी कार्यालय लमहीले आर्थिक बर्ष २०७५-०७६ मा १२ ओटा जवरजस्तीकरणी मुद्धा दर्ता गरेको छ । जस मध्य दुई ओटा हाडनाता करणी मुद्धा रहेको छ । गाउँघरमा करणी मुद्धा समेत मिलापत्र गर्नेे चलन थियो । घटना भएपनि प्रहरी सम्म आईनपुग्ने विगतको अवस्था थियो । तर, अहिले घटना भएपछी प्रहरी कार्यालयमा उजुरी दिने क्रम बढेकोको छ । जसका कारण प्रहरी कार्यालयमा करणी मुद्धा समेत बढेको छ । गत आर्थिक बर्षमा ७४ ओटा मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको छ । ०७४÷०७५ मा भने मुद्धा दर्ता संख्या ८८ रहेको थियो । आफ्नो १४ महिने कार्यकालमा अपराध घटाउन सकिएको प्रहरी प्रमुख सिंहले बताए ।
जवरजस्तीकरणी मुद्धा १२, हातनाता करणी २ ओटा, सवारी ज्यान ५, सार्वजनिक शान्ति विरुद्धको कसुरमा १४ ओटा मुद्धा दर्ता गरिएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख सिंहले आफ्नो १४ महिने कार्यकालमा प्रहरी आचरण विरुद्ध कार्य गर्ने तीन जना प्रहरीलाई कारबाही गरेका छन् । यस्तै राम्रो काम गरेको भन्दै ६ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।
क्याटेगोरी : प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस