संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन

दाङ, नयाँ संरचना अनुसार नेपाली काङ्ग्रेस दाङले नयाँ नेतृत्व चयन गरेको छ । संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन गर्दै जिम्मेवारी तोकिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङको बुधबार बसेको बैठकले नयाँ जिम्मेवारी तोकेको जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन ।
बुधबार सम्पन्न बैठकले क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे चयन गरेको छ । निर्वाचन क्षेत्र न १ (क) को सभापतिमा ताराबहादुर डिसी, १ (ख) को सभापतिमा देवानजंग चौधरी चयन भएका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा भूपबहादुर डाँगी चयन भएका छन् । निर्वाचन क्षेत्र न २ (क)को सभापतिमा गिरिराज सुवेदी, २ (ख)को सभापतिमा कमल गौतम चयन भएका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा जगतबहादुर खड्का चयन भएका छन् । निर्वाचन क्षेत्र न ३ (क)को सभापतिमा घनश्याम ढकाल चयन भएका छन र निर्वाचन क्षेत्र न ३ (ख)को उपसभापतिमा खीमबहादुर वलीलाई तोकिएको नेपाली काङ्रेस दाङका सभापती किर्ती बहादुर खड्काले जानकारी दिएका छन।
क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस