गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महेन्द्र राजमार्गको खाल्टामा माटो हालेर पुरिदै महेन्द्र राजमार्गको खाल्टामा माटो हालेर पुरिदै प्रिया स्मृती गजमेर भदौ २१, २०७६ गते १७:२५ मा प्रकाशित दाङ, पूर्व मेची देखि पश्चिम महाकाली सम्म जोड्ने देशकै प्रमुख राजमार्गको रुपमा रहेको महेन्द्र राजमार्गको अबस्था निकै दयनिय हुँदा यात्रा गर्ने यात्रुलाई अहिले निकै सास्ती हुने गरेको छ ।देउखुरी क्षेत्रको राजमार्गको अबस्था जर्जर भएकोले दैनिक जसो यो क्षेत्रमा दुर्घटना हुने गरेका छन् । यसै बीच दाङ्गका प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल सहितको टोलीले आज शुक्रबार पूर्व पश्चिम राजमार्गको अर्जुनखोला देखि कौडिया सम्मको खाल्डा खुल्ड़ी माटो हालेर पुर्ने काम सुरु भएको छ ।उक्त अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले बढ्दो सडक दुर्घटना न्युनीकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यले सडकका खुल्डाखुल्डी पुर्ने अभियानमा लागेका बताएका छन् । यस्तै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले आफ्ना कर्मचारी र जनप्रतिनिधिहरु लगाएर काम गरेको बताए । दिनहुँ सडक दुर्घटना हुन थालेपछि शुक्रवार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको टोली सडकको खाल्डाखुल्डी पुर्ने अभियानमालागेको हो ।दिनहु जसो हुने दुर्घटनालाई केहि हद सम्म कम गर्न सकिन्छ कि भन्ने सोचले निजामती सेवा दिवस २०७६ को अवसरमा जिल्ला प्रशासन कार्यालय दाङ,निजामती कर्मचारीहरुको आधिकारीक टे«डयुनियन दाङ, नेपाल निजामती कर्मचारी युनियन(संघ), नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङ, लमही नगरपालिका, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल आर्मी र सडक डिभिजन कार्यालयका कर्मचारीको सहभागितामा पश्चिम अर्जुन खोला देखि लमही नगर पालिकाको कौडिया सम्मको क्षेत्रमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने अभियान शुरु भएको हो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा