गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ व्यवसायिक भैंसी पालनमा रमाउदै यादव दाजुभाई व्यवसायिक भैंसी पालनमा रमाउदै यादव दाजुभाई प्रिया स्मृती गजमेर भदौ २६, २०७६ गते २१:४७ मा प्रकाशित दाङ, राजपुर गाउपालिका वडा नम्बर दुई बेलाका नन्दराम यादब र तिलक राम यादबलाई यतिबेला भ्याई नभ्याई छ । झन्डै ५ बर्ष अघि यादब भैसी फर्म दर्ता गराएर ब्यबसायिक रुपमा लागेका यादब दाजुभाई संग साना ठुला गरेर उन्तिस वटा मुर्रा जातका भैसी छन् । जस मध्ये दशवटा दुहुना भैसी रहेका छन् ।दश वटा भैसीबाट दैनिक चालिस लिटर दुध बिक्रि हुने गर्दछ । दैनिक दुध बिक्रिबाट सबै खर्च कटाएर मासिक ३५ हजार बचत हुने गरेको नन्दराम यादबले बताए । दाजु नन्दराम यादबले लमहीमा दुध डेरी पसल संचालन गरेका छन् भने भाई तिलकराम यादब भैसीको स्याहार सुसार गर्ने,घास पानी गर्ने,दुध दोएर डेरी सम्म पुर्याउने गर्दछन । चरन र घासको अभाबले यादब दाजु भाई बिगत छ÷सात बर्ष पहिले लमही नगरपालिका वडा नम्बर ६ को मध्यनगरमा बस्दै आएका छन् । भैसीको घासको लागि बार्षिक दश हजार रुपैया तिरेर दश कट्ठा जग्गा भाडामा लिएर घास रोपेको तिलकराम यादबले बताए ।यादब समुदायको भैसी पाल्ने पुर्ख्यौली पेसा हो । परम्परा देखि पाल्दै आईयो उपलब्धि केहि भएन त्यस पछि केहि गर्न पर्छ भन्ने सोच आएर फर्म दर्ता गरियो र ब्यबसायिक रुपमा काम थालनी गरियो जे होस् अहिले यो पेशा ब्यबसायबाट हामी सन्तुस्टी छौ यादब दाजुभाईले भने । भैसी पालन बाटै भएको आम्दानीले लमहीको मध्यनगरमा ५ कट्ठा ५ धुर जग्गा पनि जोडेका छन् ।उनीहरु संग सुरुमा दुई वटा मात्र भैसी थिए र दैनिक चार लिटर दुध बेलाबाट लिएर लमही आउनु पर्दथ्यो । अहिले उनीहरु यो झन्झटबाट मुक्त भएका छन् । यो ब्यबसायबाट दश जनाको परिवार पालिएको छ । सबै परिवारका सदस्य आ–आफ्नो काममा व्यस्त हुन्छौ नन्दराम यादबले भने । दुख गरे अनुशार दुधको मूल्य भने चित्त बुझ्दो नभएको नन्दरामको गुनासो छ । यादब भैसी फर्म दर्ता गराएको झन्डै ५ बर्ष हुन लाग्यो तर राज्यबाट अनुदान पाउन सकिएको छैन नन्दरामले भने । यो चालु आर्थिक बर्षमा अनुदानको लागि लमही नगर पालिका वडा नम्बर ६ को कार्यालयमा निबेदन दिएको उनले बताए ।अहिले किसानबाट बजारमा ५० देखि ५५ रुपैया प्रतिलिटरमा दुध बिक्रि हुने गरेको छ । भने जति दुधको मूल्य नपाउदा किसान मर्का परेको किसानहरु बताउछन । त्यस्तै मध्यनगरमा तिन कट्ठा जग्गा किनेर भैसी पालन गर्नकै लागि राप्ती पारि बेलाबाट गुमती प्रसाद यादब पनि लमहीको मध्यनगर आएका छन् ।उनीहरुसंग अहिले साना ठूला गरेर २० वटा भैसी रहेका छन् । गुमती प्रसादसंग अहिले ६ वटा दुहुना भैसी छन् । उनीहरुले पनि लमहीमा रहेको एक डेरीमा ३० देखि ३५ लिटर दुध बिक्रि गर्ने गरेको यादबले बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा