गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रिया स्मृती गजमेर असोज ९, २०७६ गते १८:५७ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीका प्रेमलाल चौधरीले २ कट्ठा जग्गामा गौरब ५ सय ५५ जातको टमाटर खेती गरेका छन ।धेरै पहिले देखि विभिन्न जातका तरकारी खेती गर्दै आएका चौधरीले यो पटक भने अलि ब्यबस्थित तरिकाले गरेका छन । उनले आउदो तिहार सम्म टमाटर बिक्रीको लागि तयार हुने गरि खेती गरेका छन । बितेको सालमा अनुमानित ४० देखि ५० हजार सम्मको टमाटर बिक्री गरेको चौधरीले बताए ।अब यो बर्ष पनि निकै मेहनत गरेर गरेको छु हेरौ कस्तो हुन्छ चौधरीले भने । यदि समयले साथ दियो भने एक बिरुवाले कम्तिमा पनि ५ किलो सम्म दाना दिने गर्दछ । सुरु सुरुमा घरमा खानको लागि गर्ने गर्दथे तर गरे पछि हुने रैछ भन्ने लाग्यो र सुरु गरेको चौधरीले बताए । तरकारी खेतीको लागि चाहिने मलको पनि आफैले ब्यबस्था गरेका छन । चौधरीले आफ्नै जग्गालाई भाडामा दिएर ब्रोइलर कुखुरा फार्म समेत चलाएका छन । जग्गाको भाडा त्यही कुखुराको मल लिने र तरकारीमा हाल्ने गरेको छु चौधरीले भने । धेरै मेहनत गर्नु पर्छ। कहिले किराले सताउछ कहिले असिना पानीले । टमाटरको बजार मूल्य सस्तो हुने भएकोले टमाटरको खेति गर्ने किसान मर्कामा पर्ने गरेको उनले बताए । त्यस्तै एक कट्ठा जग्गामा चौधरीले अकबरे जातको लोकल खुर्सानीको पनि खेती गरेका छन । बनघुस्री गाउ पुर्बपश्चिम राजमार्ग संगै जोडिएको कारण पनि त्यहा उत्पादन गरिएका तरकारी लमही बजार सम्म ल्याउन कुनै समस्या छैन । तरकारी तयार भए पछि प्रेमलाल आफैले मोटरसाइकलमा राखेर लमही बजार सम्म पुराउने गर्दछन । कम्तिमा पनि दुई सयको घरधुरी संख्या रहेको बनघुस्री गाउमा पानीको भने समस्या रहेको छ ।दुई सय घरधुरी संख्याको लागि बनघुस्रीमा सिचाइका लागि एक वटा मात्र बोरिङ रहेको छ । खेतिपातीको समयमा यति धेरै किसानको खेतमा पानी बाड्दा बाड्दै पालो आउदैन जस्ले गर्दा खेतीपातीमा असर पर्ने गरेको वडा नम्बर ७ का स्थानिय केदार चौधरीले बताए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा