गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न प्रिया स्मृती गजमेर असोज ११, २०७६ गते १६:१६ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ५ मा रहेको अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको पन्ध्रौ बार्षिक साधारण सभा आज शनिबार लमहीमा सम्पन्न भएको छ ।समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । लमही बजार क्षेत्रको एक मात्र सामुदायिक वन उपभोक्ता समुहले जैविक विविधता संरक्षणको लागि बृक्षारोपण, जैविक विविधता पार्क निर्माण गरिएको छ ।जैविक विविधता पार्क निर्माण गर्न प्रदेश सरकारले तिस लाख बजेट बिनियोजन गरेको छ साथै लमही नगरपालिकाले पनि भ्यु टावर निर्माणका लागि तिस लाख रकम स्वीकृत गरेको समुहका अध्यक्ष पवन शर्मा रिजालले बताए । त्यस्तै प्रदेश सभा सदस्य रेवती रमण शर्माले वन, वातावरण, जैविक विविधता संरक्षणमा सामुदायिक वन उपभोक्ता समुहले अतुलनिय योग्दान पु¥याएको भन्दै प्रशंसा गरेका छन् । आज शनिबार सम्पन्न भएको बार्षिक साधारण सभामा आगामी दिनमा वन, वातावरण तथा जैविक विविधता संरक्षणमा उपभोक्ताको सकृय सहभागीता बढाउदै सबैको आकर्षणको केन्द्र बनाउन जोड दिइएको छ ।कार्यक्रममा लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासे, देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ता, वडा अध्यक्ष बिमबहादुर केसी, नेकपा लमही नगर किमिटीका सचिव बसन्त शर्मा (बिक्रान्त), लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डिराम चौधरी लगायतको बिशेष उपस्थिति रहेको छ ।समुहका सचिब माया विश्वकर्माले प्रगति प्रतिबेदन र कोषाध्यक्ष तेज बहादुर बिकले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिब माया विश्वकर्माले गरेकी थिइन ।.क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा