महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड

बिर्तामोड – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो । कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए ।
कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए ।
यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका पूर्वअध्यक्ष हुमागाईले अघिल्लो पुस्तालाई समेत जोड्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । प्रेस स्वतन्त्रताका हिमायती सवै पत्रकारलाई कुनै पनि अतिवाद र निरंकुशता अस्वीकार्य हुने उनले बताए । पत्रकारले निडरताका साथ काम गरिरहेकोमा प्रशंसा गरेका उनले जिम्मेवार र मर्यादित रुपमा अघि बढ्न आग्रह गर्दै पत्रकारहरुलाई भने– सत्य लेख्न कहिल्यै नडगमगाउनुहोस् ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले सहभागी सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
कार्यक्रममा पत्रकारहरु राजेन्द्र गौतम, उमानाथ भण्डारी, दिपीन राई, चिरञ्जीवी घिमिरे, राजन साम्पाङ, महासंघ युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
। नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछानेसहित पत्रकारका विभिन्न संगठनका नेता, पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस