Techie IT
×
गृहपृष्ठसमाजहामी को हौं ? हाम्रो शरीर के हो ?

हामी को हौं ? हाम्रो शरीर के हो ?


काठमाडौँ

को हुँ भन्ने प्रश्न व्यक्तिको मनमा उठ्नु स्वाभाविक हो । धर्मगुरु वा दार्शनिकहरूलाई यो प्रश्न सोध्नुभयो भने उनीहरूले तपाईंका अगाडि जीवन, आत्मा र परमात्माका विषयमा विश्लेषण गर्न थाल्छन् ।

तर यही प्रश्न जीवविज्ञानको प्राध्यापकलाई सोध्नुभयो भने उनले हामी सबै कोशिकाहरूबाट बनेका जीवित चीज हौं भनिदिन्छन् । हाम्रो शरीरभित्र दुई करोडभन्दा बढी जिनहरू छन् र ती सबैको आफ्नै डीएनए छ । त्यसले कोशिकालाई नियन्त्रित गर्ने मात्र नभई हाम्रो शरीरको भित्री कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छन् ।

वैज्ञानिकहरूलाई हाम्रो शरीरमा हुने कुनै पनि परिवर्तन वा विकास माइक्रोबायोममा आधारित हुन्छ भन्ने कुरा थाहा भइसकेको छ । मोटोपन, एलर्जी, डण्डीफोर र अवसाद जस्ता रोग पनि यिनै माइक्रोबायोममा आएका परिवर्तनका कारण हुन्छन् । भविष्यमा चिकित्सकले तपाईंको माइक्रोबायोमको जाँचपरख गरेर उपचार गर्नेछन् ।

अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने आगामी केही वर्षमा कुनै स्वस्थ व्यक्तिको पेटमा रहेको राम्रो ब्याक्टेरियालाई रोगी व्यक्तिको पेटमा सारेर उसलाई ठीक पार्न सकिन्छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर आगामी वर्षमा यो सम्भव हुन्छ र एन्टीबायोटिकभन्दा बढी असरदार हुन्छ ।

हाम्रो शरीरमा १०० खर्ब सूक्ष्मजीवहरू विद्यमान छन् जसले शरीरको अंगले झैं काम गर्छन् । साधारण मानिसले शरीरका १० प्रतिशत अंगको मात्र जानकारी राख्छ ।

तपाईंको शरीरमा भएका दुई करोडभन्दा बढी जिनहरूले भोक, निद्रा र रोगप्रतिरोधात्मक क्षमताजस्ता कुरालाई नियन्त्रण गर्छन् । तपाईं तनावमा हुनुहुन्छ भने यिनै जिनहरूले राम्रो हर्मोन स्राव गरेर तनाव घटाउँछन् ।लोकान्तरबाट


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस