Techie IT
×
गृहपृष्ठसमाजसल्यान बस दुर्घटना अपडेटः गम्भिर घाइतेलाइ हेलिकोप्टरबाट उद्दारको तयारी (घाइतेको नामावली)

सल्यान बस दुर्घटना अपडेटः गम्भिर घाइतेलाइ हेलिकोप्टरबाट उद्दारको तयारी (घाइतेको नामावली)


दाङ – सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।ना २ ख २५५२ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको छ।

‘घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ,’ डिएसपी थापाले भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको र जिल्ला अस्पतालमा एक जनाको पनि मृत्यु भएको खबर छ।’ थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।

घाइतेहरूको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ल अस्पताल सल्यानमा उपचार भैरहेको छ । अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ । गम्भिर ङाइतेहरूलाइ हेलिकोप्टरबाट उपचारका लागी बाहिर पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताउनुभयो । घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसिपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसिपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसिपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ । उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

घटनाको थप विवरण अाउन बाँकी छ ।

‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३६ जना यात्रु रहेको बताइएको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागी छुटेको आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस