तपाईँको मोबाइलमा यस्तो एसएमएस आउन सक्छ, सचेत रहनुहोस्

काठमाडौँ – ‘हाम्रो रेकर्डअनुसार तपाई कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनुभएकाले तपाई आफैलाई क्वारेन्टिन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’
केही समययता अपरिचित व्यक्तिले यस्ता एसएमएसहरु व्यापकरुपमा पठाउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यस्ता झूठो र गलत सूचना दिई जनमानसमा आतंक मच्चाइरहेको पाएपछि ब्यूरोले अनुसन्धान सुरु गरेको थापाले बताए ।
ब्यूरोले ‘दण्डहिनताविरुद्ध सीआईबीको अभियान’ सञ्चालन गर्दै यस्ता गलत सन्देशबाट बच्न ध्यानाकर्षण गराएको ब्यूरोका प्रवक्ता तथा एसपी बेलबहादुर पाण्डेले बताए । ‘पिटुपी अर्थात पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग गरेर पठाइने गरेको पाण्डेको भनाइ छ ।
प्रविधिको प्रयोग गरिने यस्तो काम आपराधिक मनोवृत्तिका मानिसले दुरुपयोग गरी सर्वसाधारणलाई हानी नोक्सानी पुर्याउन सक्ने भन्दै सीआईबीले सचेत हुन समेत आग्रह गरेको छ ।
प्रहरीको ५ बुँदे सुझाव
१. पिटुपी अर्थात एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुन सक्ने भएकाले मोबाइल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बेवास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस्।
२. वित्तिय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस्।
३. एसएमएसमार्फत प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् ।
४. एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सावधान रहनुहोस्।
५. झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस